Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न दौडधुपमा छन्। आज सामाजिक सञ्जालमा एक पोस्ट हाल्दै उनले काठमाडौंमा डेरा खोज्न लागिपरेको बताएका हुन्।
ट्वीटरमा आफ्नो एक तस्बिरसहित उनले लेखेका छन्, 'काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु।'
राउत गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिरहा- २ बाट निर्वाचित भएका हुन्। उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij