Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

लुम्बिनी प्रदेश : कांग्रेस संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

लुम्बिनी प्रदेश : कांग्रेस संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

  • काठमाडौं । लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३(१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी बहालवाला पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुन् । 

    images
    images
    images

    संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरे पनि अन्तिममा चौधरी सर्वसम्मत भएका हुन् । लुम्बिनी प्रदेशमा संस्थापन इतरबाट वीरबहादुर राना र नीमा गिरी आकांक्षी भए पनि उनीहरुले उमेदवारी नदिए पछि चौधरीलाई सहज भएको थियो । 

    images

    लुम्बिनी प्रदेश सभामा ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij