Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

माओवादीमै फर्किए दीपेन्द्र पुन 'सिजल'

माओवादीमै फर्किए दीपेन्द्र पुन 'सिजल'

  • काठमाडाै‌। रोल्पाका स्वतन्त्र सांसद दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । तत्कालीन सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरुद्ध सिजलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रोल्पाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित पनि भए ।

    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै सिजल बुधबार माओवादीमै फर्किएका हुन् । बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार पुगेर पुनले प्रचण्डलाई भेटेका हुन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरिसकेका छन् ।

    images

    दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले गत मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको थियो । उनले आत्मालोचना पत्रमा पुनः पार्टीमा फर्केर जिम्मेवारी पूरा गर्न चाहेको उल्लेख गरेका छन् ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij