Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरू समेट्छौँ : गृहमन्त्री लामिछाने

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरू समेट्छौँ : गृहमन्त्री लामिछाने

  • काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए । उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौँ, न सम्माननीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’

    AGNI GROUP

    न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौँ भनेर जवाफ आउने उनले बताए । गृहमन्त्री लामिछानेले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौँ, जसले नागरिकका प्रत्यक्ष सरोकारहरू सम्बोधन गर्छ ।’

    आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वास्थ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij