Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुम्लामा अटो दुर्घटना: दुईजनाको मृत्यु

जुम्लामा अटो दुर्घटना: दुईजनाको मृत्यु

  • जुम्लामा अटो दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । तिला गाउँपालिका-३ त्रिवेणीमा बिहीबार दिउसो ३ बजेतिर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

    onlinepatrika
    Arghakhachi

    क १ स ११ नम्बरको अटो दुर्घटना हुँदा तातोपानी गाउँपालिका-१ बाईराँका अन्दाजी २९ वर्षीया पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको छ । त्यस्तै तिला-३ थापा गाउँका अन्दाजी वर्ष २० का आकास थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।पाउरोटी ओसार पसार गर्दै आएको अटो अटो कर्णाली राजमार्गबाट १५ मिटर तल तिला नदीको छेउमा खसेको थियो ।

    AGNI GROUP

    उनका अनुसार, अटोमा दुईजना मात्रै सवार रहेका थिए । जुम्ला बजारबाट गएको अटोले नाग्मसम्म चाउमिन र पाउरोटी पुर्‍याई फर्किदा अटो दुर्घटना भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij