Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन् । राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्।
देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए। यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ। देवले आफूले यो कथा १० कक्षामा पढेको र नेपालको अहिलेको राजनीतिक परिस्थितिसँग मेल खाने बताए।
‘यो कथा प्रतीकात्मक छ। महाराजले नयाँ लुगा लगाएर बजारमा जाँदा उनका अन्धभक्तहरूले भनेका थिए, महाराजको लुगा कति राम्रो। यसबाट महाराज खुसी भए। त्यसपछि उनलाई एउटा बच्चाले देख्यो र भन्यो– महाराज नांगै हुनुहुन्छ, यो कुरा सुनेर उनी दंग परे। बच्चाले सत्य बोल्यो। अहिले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम पनि यस्तै हो,’ देवले भने।
उनले थपे ‘प्रधानमन्त्रीको यो कदमले विभिन्न आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ।’
मुलुकमा राजनीतिक स्थायित्व दिने सोचका साथ संविधान बनाएको भए पनि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएकाले यसले अस्थिरता निम्तिएको उनले बताए। उनले भने, ‘बूढी मरीभन्दा पनि काल पल्किने खतरा भयो।’ विगतमा प्रतिनिधिसभा विघटनजस्ता धेरै घटना भएकाले त्यसलाई नयाँ संविधानले हटाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा विघटनका घटना र विषयमा धेरै बहस भएको थियो। ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा विकल्प दिने सरकार हुँदाहुँदै विघटनको प्रावधान राखिएको छैन,’ उनले भने। संविधानले जनताको सर्वभौमसत्ता संसद्मा छ भनेको भए पनि प्रधानन्त्री ओलीले आफैंले प्रयोग गरेर संविधानविपरीत कार्य गरेको आरोप उनले लगाए।
नेकपा संसदीय दलका नेता दिननाथ शर्माले आफ्नो पार्टी औपचारिक विभाजन नभए पनि संघारमा पुगेको बताए। नागरिकमा खबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij