Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख भोलि गोरखा जाँदै

प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख भोलि गोरखा जाँदै

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड बुधवारदेखि सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जाँदैछन् ।

    AGNI GROUP

    उनका साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

    प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकप्टरमार्फत गोरखा पुग्ने कार्यक्रम छ । सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि हेलिकप्टरबाटै गोरखा सदरमुकाम पुग्ने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij