Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मङ्गलवार बस्ने बताएका छन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मङ्गलवार बैठकमा बस्न लागेको बताए। ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दै छ,’ उनले भने ।
उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने पनि बताए । सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा उनले आजै टुङ्गिने बताएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij