Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सभामुख चयनका लागि आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयन सम्बन्धी प्रक्रिया अघि बढ्नेछ।
प्रतिनिधि सभा सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका इश्वरी न्यौपानेले मनोनय दर्ता गराएका छन् ।
सत्ता गठबन्धनबाट मनोनयन दर्ता गराएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् । घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थकरहेका छन्। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ पुसमा बसेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij