Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले)का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे सहभागी छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित छन् ।
सभामुख घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित र चुस्त ढङ्गबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाउनु भएको हो । उनी यही माघ ५ गते सभामुखमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख चयन गर्ने कार्यसूची छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij