
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरीहरुको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस प्रवक्ता प्रकाश शरण महतले बताए । राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न बैठकले माग गरेको हो ।
कांग्रेस प्रवक्त महतले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । अहिलेको व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन माघ २९ भित्रै गर्नुपर्ने कांग्रेसको जोड रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij