Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त तोकिएको कार्यभारसम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची रहेको संघीय संसद्ले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij