Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पछिल्लो समय भएका केही आत्मदाहले चर्चा पाइरहेको र मनोचिकित्सकहरूले सामाजिक सञ्जालका कारण यस्ता घटनाले विकराल रुप लिन सक्ने बताइरहेका बेला बागलुङमा पनि त्यस्तै प्रकृतिको घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर घाइते भएका उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए ।
उनका अनुसार जिसीले किन आत्मदाह गर्न खोजेका हुन् भन्ने कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij