Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि छुरा प्रहार भएपछि प्रहरीले दुई जना अभियुक्तलाई रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाँका चोरी र ज्यान मार्ने उधोगमा फरार रहेका गौर नगरपालिका-५ कोइरी टोल बस्ने १९ वर्षीय राहुल यादव र वडा नम्बर ४ बस्ने १९ वर्षीय रवि यादव रहेका छन् ।
गैर नगरपालिका-२ स्थित बाँसघारीमा लुकेर बसेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्ने क्रममा अभियुक्त राहुलले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए।
रौतहटका प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले चक्कु प्रहार भएपछि एक राउण्ड हवाई फायर गरी राहुललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij