Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । गोदावरी नगरपालिका ११ चापागाउँमा आधारभुत चित्रकला तालिम शुरु भएको छ । योङ पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजना तथा सो वडाको सहकार्यमा वडा भित्रका किशोरकिशोरी तथा युवाहरुको सिप विकासका लागि आइतबारदेखि आउँदो आइतबारसम्म उक्त काम शुरु भएको हो ।
वडाध्यक्ष नीलबहादुर देशारले चित्रकलामार्फत आफूहरुले वडावासीलाई राष्ट्रका साथै अन्तरराष्ट्रिय रुपमा अघि बढाउने योजना अनुरुप उक्त कामलाई अघि बढाएको भनाइ राखे ।
श्री बज्रवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले दैनिक किताव पढ्नुले मात्रै किशोरकिशोरीमा सबै कुराको पूर्ण नगराउने विचार व्यक्त गर्दै कला सम्बन्धि ज्ञान लिनु पनि महत्वपूर्ण विषय भएकाले चित्रकला मार्फत लुकेको प्रतिभा पाउन सकिने औँल्याए ।
पिकासोका निर्देशक तथा चित्रकार अजय देशारले चापागाउँ मल्लकालीन समयदेखि ऐतिहासिक ठाउँ रहेको बताउँदै सो ठाउँको चित्रलाई क्यान्भासमा उर्तान सक्दा चित्रकारका भविष्यले नयाँ गति पाउने मत व्यक्त गरे ।
उक्त चित्रकला तालिममा कला मार्फत आफ्नो भविष्य देख्ने विभिन्न उमेर समुहका मानिस सहभागिता जनाइएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij