Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल चिकित्सक सङ्घले आइतबार (भोलि) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको थियो । डा. सिंहलाई प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा बन्द गर्न लागिएको हो ।
सङ्घको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धिजीवी वर्गलगायत शाखा कार्यालयहरूलाई घोषणा गरिएको आन्दोलनलाई साथ र समर्थन दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij