Jun 04 2026 | २०८३, जेठ २१ गते
टर्की र सिरियामा गएको शक्तिशालि भूकम्पमा परी हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । टर्कीमा २४ हजार ६ सय २७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरि २८ हजारले ज्यान गुमाएको तथ्यांक रहेको छ ।
भूकम्पका कारण करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरिएको छ । प्रतिकूल मौसममा पनि उद्धारकर्मीहरूको प्रयासमा भग्नावशेषबाट जीवित उद्धारको कार्य भइरहेको छ ।
यस्तै जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टर्कीको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij