Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले आज ‘जनयुद्ध’ दिवसका अवसरमा सार्वजनिक बिदा दिए पनि बैंकहरु भने खुल्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै दिउँसो साढे १ बजेसम्म बैंकका अत्यावश्यकीय विभागहरु खुला राख्न निर्देशन दिएको हो।
सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij