
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । नेकपा एमालेका काठमाडौंका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको साँखु प्रहरीले जनाएको छ ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । घटनास्थलमा भर्खरै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij