Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘कर्णाली उत्सव : विचारको कुम्भ मेला’

‘कर्णाली उत्सव : विचारको कुम्भ मेला’

  • कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिए । यसले कर्णालीको विगत्, वर्तमान र भविष्यबारे बोल्ने भएकोले यस उत्सवलाई कुम्भ मेला भनिएको उनले बताए ।

    AGNI GROUP

    “फाउण्डेसनले गत वर्ष फागुनमा भाषा, साहित्य, संस्कृति र कलाका विषयलाई मुख्य बहस बनाउने परम्परालाई तोड्दै मानव जीवनका सम्पूर्ण अवस्थालाई समेटेर १४ वटा विभिन्न सत्रमा समृद्धिको सपनाबार बहस गरेको थियो,” उनले भने,“त्यसको साथै मुलुकको सङ्घीय व्यवस्था, उत्पीडित, सीमान्तकृत वर्ग र कर्णालीबारे पनि बहस गरेका थियौं ।”

    कर्णालीको इतिहास, कला संस्कृति, भाषा र साहित्यको जगेर्ना, आर्थिक अवसरको खोजी, राजनीतिक, सामािजक, साँस्कृतिक रुपान्तरणका विषयमा विमर्श, शैक्षिक तथा प्रशासनिक विकासको पैरवी, कर्णालीको जनजीवन, इलम, र सीपको चर्चा गर्नु, यसलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याई सुशासन र समृद्धिको साधन बन्ने उद्देश्य राखेर यही आगामी फागुन २७-२९ गते तीन दिनसम्म सुर्खेतको बुलबुलेमा कर्णाली उत्सव सञ्चालन गरिने उनले बताए ।

    भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ लाई विचार पुर्‍याएर कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउँदै सकेसम्म प्रविधिको माध्यमबाट भए पनि उत्सव आयोजना गर्नुपर्नेमा जोड दिए । उत्सवको दोस्रो संस्करण अभूतपूर्वरुपमा सम्पन्न गर्नुपर्ने जनाउँदै उनले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कार्यक्रम कर्णाली प्रदेशको समग्र क्षेत्र उजागर ऐना भएको टिप्पणी गर्दै यसका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाए । नगप्रमुख सुवेदीले कर्णाली उत्सवलाई अझ फराकिलो बनाएर लैजानसमेत सुझाए ।

    कर्णाली उत्सव ‘कुडा कर्णालीका’ लागि पत्रकार दिलभूषण पाठक, टीकाराम यात्री, कुबेर चालिसे, कलेन्द्र सेजुवाल, दीपेन्द्र शर्मा गणेशकञ्चन भारती, प्रकाश लामिछाने, लेखक माधवप्रसाद चौलागाई, उद्योगी झविराज खत्री र लक्ष्मण कँडेलले उत्सव सफलताको शुभकामना दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट