Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई चयन गरेको छ।
आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन्।
नेविसङ्घ काठमाडौँको रिक्त अध्यक्ष पदमा अध्यक्ष शेर्पाले सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij