Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आयल निगमले किन्यो विद्युतीय गाडी

आयल निगमले किन्यो विद्युतीय गाडी

  • काठमाडौं। नेपाल आयल निगमले विद्युतीय गाडी खरिद गरेको छ। विद्युतीय गाडीलाई प्रोत्साहन दिने उद्देश्यका साथ निगमले बिवाइडीको तीनवटा गाडी खरिद गरेको हो।

    onlinepatrika
    Arghakhachi

    निगमले केही समयअघि ३ वटा गाडी र ७ वटा विद्युतीय स्कुटरका लागि टेन्डर आह्वान गरेको थियो। टेन्डर गरिए अनुसार विद्युतीय गाडी विक्रेताहरू मध्येबाट साइमेक्स इनले जिम्मा पाएको थियो।

    AGNI GROUP

    निगमका उपनिर्देशक मनोज ठाकुरका अनुसार गत वर्षकै बजेटअनुसार गाडी खरिद गरिएको हो। निगमले १ वटा गाडी ५९ लाखमा खरिद गरेको हो। गत वर्ष गरिएको टेन्डरअनुसार सबैभन्दा सस्तो मूल्यमा यो रेन्चको गाडी पाएको जनाएको छ।

    बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij