
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं। नेपाल आयल निगमले विद्युतीय गाडी खरिद गरेको छ। विद्युतीय गाडीलाई प्रोत्साहन दिने उद्देश्यका साथ निगमले बिवाइडीको तीनवटा गाडी खरिद गरेको हो।
निगमले केही समयअघि ३ वटा गाडी र ७ वटा विद्युतीय स्कुटरका लागि टेन्डर आह्वान गरेको थियो। टेन्डर गरिए अनुसार विद्युतीय गाडी विक्रेताहरू मध्येबाट साइमेक्स इनले जिम्मा पाएको थियो।
निगमका उपनिर्देशक मनोज ठाकुरका अनुसार गत वर्षकै बजेटअनुसार गाडी खरिद गरिएको हो। निगमले १ वटा गाडी ५९ लाखमा खरिद गरेको हो। गत वर्ष गरिएको टेन्डरअनुसार सबैभन्दा सस्तो मूल्यमा यो रेन्चको गाडी पाएको जनाएको छ।
बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij