Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार दुई प्रहरी निरीक्षकको काज सरुवा गरेको हो।
अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक माधव केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij