Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुर मेयर्स ११ को टोली घोषणा

ललितपुर मेयर्स ११ को टोली घोषणा

  • ललितपुर । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर्स ११ को टोली घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले फास्ट बलर अस्मिना कर्माचार्यको कप्तानीमा  १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यही चैत ९ देखि १६ गतेसम्म टियु मैदानमा ललितपुर मेयर्स कप टी-२० क्रिकेट हुनेछ । खेलमा प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल पुगेका चार टोली र ललितपुर मेयर्स ११ गरी ५ टोलीले खेल्नेछन् ।

    AGNI GROUP

    प्रतियोगितामा प्रधानमन्त्री कप विजेता सुदूरपश्चिम प्रदेश, मेयर्स कपको साविक विजेता एपीएफसहित कोशी प्रदेश र मधेश प्रदेश अनि ललितपुर मेयर्स ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

    घोषणा गरिएको टोलीमा अस्मिना कर्माचार्य (कप्तान), कृतिका मरासिनी, लक्ष्मी चौधरी, सृष्टि जैशी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, खुशी डंगोल, सुजिता थापा, किरण कुँवर, मनिषा उपाध्याय, सीमा केसी, सरसस्वी पुन, रञ्जु श्रेष्ठ, हेलिसा गुरुङ रहेका छन् भने बैकल्पिकमा रचना चौधरी, बिना थापा, विपिशा शाही र एन्जिला थापा रहेका छन् । ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij