Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तिब्बेतियनलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ

तिब्बेतियनलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ

  • काठमाडौँ । तिब्बती शरणार्थीहरुको नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    झापा कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौं–११ बबरमहलका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४९ बर्षीय हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरी नगरपालिका–७ का ३० वर्षीय बिजय लामालाई प्रहरीले पक्राउ गरेको छ । 

    AGNI GROUP

    उनीहरूले व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायत महत्वपूर्ण अन्य विविध कागजातहरू नक्कली बनाएको  अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij