Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । पत्रकार दीपेन्द्र दोङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ब्रेन ह्याम्रेजका कारण ललितपुरको मेडसिटी अस्पतालमा उपचाररत दोङको शनिबार अपरान्ह निधन भएको हो ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील दोङ जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनताका स्टेशन म्यानेजर तथा जनता टेलिभिजनद्वारा प्रवर्द्धित जनतासमाचार डट्कमका ग्रुप एडिटरका साथै पछिल्लो समय मध्यान्ह दैनिकका कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij