Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध सहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय वमानस् थलस् स्थित टावर मा कार्यर त तीन जना एटीसीलाई कार बाही गरि एको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘एयर इन्डियाका चालक दललाई थप कारबाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा विभागलाई पत्राचार गरेका छौँ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij