
Jul 24 2025 | २०८२, साउन ८ गते
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएको छ । महासंघको केन्द्रीय तदर्थ समितिमा पार्टी सभापति शेरबहादुर देउवाले १७ जना सदस्य मनोनयन गर्नुभएको जनाइएको छ ।
उक्त समितिमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीकी नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, सर्लाहीकी भवानी कोइराला, पर्साका विश्वराज घिमिरे सदस्य रहेका छन् ।
त्यस्तैगरी, महोत्तरीका डा. धिरेन्द्र साह, झापाका कालु मेचे, गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेकी ऋचा लुँईटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा, विश्वनाथ दाहाल, ईश्वर गिरी र कैलालीका डा.जितु उपाध्यायलाई पनि सदस्यमा मनोनित गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij