Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैं । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गतसाता बढुवा भएका एआईजीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा श्यामलाल ज्ञवालीले पाएका छन्। यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्राचार्यले जिम्मा पाएकी छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ।
बाँकी विभागमा बढुवापछि नयाँ एआईजीहरुले जिम्मा पाउनेछन्। कार्य, मानव स्रोत, अपराध अनुसन्धान र प्रदेश समन्वय विभागमा उनीहरुलाई पदस्थापन गरिनेछ।
बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका छन्। केही दिनमा उनीहरुको बढुवा हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij