Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिनेछ।
बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ असार) पेस गर्ने कार्यसूची पनि छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij