
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएका बच्चाको जन्म दर्तासम्बन्धी चार बुँदे परिपत्र जारी गरेको छ ।
पञ्जीकरण शाखाका निर्देशक नवराज जैसीले एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएका बच्चाको जन्म दर्ता गर्ने विषयमा थप प्रस्ट पारिदिन विभिन्न स्थानीय तहहरुबाट अनुरोध भई आएको भन्दै दोहोरो दर्ता नहुने गरी ६ हजार ७४३ वडाका सबै स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गरेका हुन् ।
परिपत्र सबै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij