Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैं । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गर्नका लागि छात्रवृत्ति रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६९ लाख ८० हजार रुपैयाँ सहयोग गरेको हो ।
नेपाल प्रहरीका विभिन्न आठवटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त, अमर सहिद एवं अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा चारदेखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरूप छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।
सन्राइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृत्तिसम्बन्धी सम्झौतामा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले हस्ताक्षर गरेको बैंकले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रमले प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij