Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नहुने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij