Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । त्यसैगरी उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरिएको छ। उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।
कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij