Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

शैक्षिक शत्र २०८० को नारा: ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

शैक्षिक शत्र २०८० को नारा: ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’

  • काठमाडाैं । सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना,समयमै ज्ञान :गुणस्तरीय शिक्षा,सबैको अभियान’ नारा सार्वजनिक गरेको छ।

    onlinepatrika
    Arghakhachi

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८० को भर्ना अभियानलाई सफल पार्न नारा ल्याएको हो। विकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना आगामी वैशाख महिनामै सञ्चालन गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र विद्यालयहरूलाई निर्देशन दिएको छ।

    AGNI GROUP

    यस्तै, विकास केन्द्रले स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरूलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहन गर्ने कार्यमा परिचालन गर्नु भनेको छ। 

    भर्ना कार्यक्रम सञ्चालन सम्बन्धी सूचनामा भनिएको छ,‘भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, आफ्नो क्षेत्र भित्र विद्यालय उमेरका शत प्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्व:घोषणा गर्ने।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij