Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्काले ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन्। ब्याडमिन्टन ओपन पुरुष एकलमा स्वर्ण र ब्याडमिन्टन ओपन पुरुष डबल्समा हरि गोतामेसँगको साझेदारीमा उनले कास्य पदक पनि जिते।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसेनिया क्षेत्रका नेपाली मुलका खेलाडीहरू सम्मिलित ओसेनिया नेपाली मिट हो।
ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा सञ्जीवको यो दोस्रो स्वर्ण हो। यसअघि सन् २०१८ मा सिड्नीमा भएको ओएनएस एममा पनि उनले स्वर्ण जितेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij