
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडाैं । नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटकहरु काठमाडाैंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार आज १ सय ८१ जनाको चिनियाँ पर्यटककाे समूह विमान चार्टर्ड गरेर काठमाडाैं आइपुगेका हुन् ।
चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्नु भएकाे हाे । हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् ।
उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । मन्त्री सुदन किरातीले सञ्चारकर्मीहरुसँग नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए । उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनुले नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij