Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। आइतवार बेलुकी ड्युटीमा खटिएकै अवस्थामा आफैलाई गोली हान्दा घटनास्थलमै केसीको मृत्यु प्रहरीले जनायो।
कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिन पहिले आएका ३५ वर्षीय केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij