Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

ड्युटीमै गोली चलाएर ढले सशस्त्र प्रहरी !

ड्युटीमै गोली चलाएर ढले सशस्त्र प्रहरी !

  • काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। आइतवार बेलुकी ड्युटीमा खटिएकै अवस्थामा आफैलाई गोली हान्दा घटनास्थलमै केसीको मृत्यु प्रहरीले जनायो।

    images
    images
    images

    कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिन पहिले आएका ३५ वर्षीय  केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

    images

    पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij