Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहान सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
द्वन्द्वपीडित निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा उनीहरूले घाइते,अशक्त भएकाहरूको उपचार गर,सहिदको उच्च सम्मान गर, देश द्रोही प्रचण्ड मुर्दाबाद,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर लगायतका नारा लगाएका छन्।
अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ। काठमाडौंको विभिन्न स्थानमा आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन द्वन्द्वपीडित धर्ना दिँदै आएका छन्
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij