Jun 21 2026 | २०८३, असार ७ गते
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिमा ५९ करोड ४५ लाख रूपैयाँ नाफा भएको बैंकको यसपटक एक अर्ब १६ अर्ब रूपैयाँ नाफा भएको हो।
निफ्राको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब रूपैयाँ पुगेको छ। सञ्चालन नाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको निफ्राले ७९ करोड निक्षेप संकलन गरेको छ। निफ्राले २२ अर्ब कर्जा लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रूपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ १९ पैसा छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij