Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैं । घोराहीमा ९ वर्षीया एक बालिकामाथि बलात्कार भएको छ। बलात्कार आरोपमा जिल्ला प्रहरी दाङले एक युवकलाई पक्राउ गरेको छ। घोराही नगरपालिका–१ बाहुनटाढीका २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
बालिकालाई ललाई फकाई बाहुनटाढीस्थित खरबारीमा लगेर उनले बलात्कार गरेको प्रहरीले जनाएको छ।
गत बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले ती युवकलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ परेकामाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij