Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं। पूर्व कुमारी (जीवित देवी) समिता बज्राचार्यको जीवनयात्रा दर्साउने फोटो प्रदर्शनी मङ्गलवारबाट सुरु भएको छ । फोटो पत्रकारद्वय कुवेर डङ्गोल र नरेन्द्र श्रेष्ठद्वारा तस्बिर संग्रहित गरिएको हो ।
विक्रम संवत् २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जीवित देवीकुमारीको रूपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्बिरमा संग्रहित गरिएको प्रदर्शनीका संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले जानकारी दिए ।
पाटन सङ्ग्रहालयमा सुरु भएको प्रदर्शनीको उद्घाटन कार्यक्रमको बीच ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए । उनले कुमारीले पाउने सेवा सुविधालाई बढाउन रातो पुस्तिकामै उल्लेख गरी संस्थागत गर्ने बताए ।
कराओके इन्टरटेनमेन्टको आयोजनामा रहेको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij