Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

बालिकालाई कुटपिट गरेको आरोपमा १३ जना पक्राउ

बालिकालाई कुटपिट गरेको आरोपमा १३ जना पक्राउ

  • काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा एक बालिकालाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ परेका छन् । प्रहरीले कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालयभित्र नै कुटपिट गर्ने १३ बालिकालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    सामाजिक सञ्जालमा उनीहरूले बालिकालाई कुटपिट गरेको भिडियोसमेत बनाई पोष्ट गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । 

    मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा म्याद थप गरी पक्राउ परेका बालिकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते बालिकाको बि एण्ड सि अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij