Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडाैं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीणराज पोखरेल नियुक्त भएका छन् । शुक्रबार बसेको डिविटल पेमेन्ट्स कम्पनीको संचालक समितिले उनलाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । उनले आईतबारदेखि आफ्नो कार्यभार पनि सम्हालीसकेका छन् ।
नवनियुक्त सीईओ पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न आफु धेरै केन्द्रित हुने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij