Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।
लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मीले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रेलियामा तीन लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ ठगेको प्रहरीले जानकारी दिएको छ ।
वैदेशिक रोजगार विभागबाट उनलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij