Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडाैं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एक सूचना जारी गदै स्मार्टको अनुमाति पत्र खारेज भएको जनाएको हो ।
स्मार्टले प्राधिकरणलाई ७ अर्ब भन्दा बढी बक्यौता तिर्न बाँकी छ भने २३ अर्ब बढी रकम तिरेर लाइसेन्स नविकरण गर्नुपर्ने थियो । तर, २०८० बैशाख ३ गतेसम्म उक्त रकम बुझाएर लाइसेन्स नविकरण नगरेपछि सार्वजनिक सूचना निकालेर खारेज भएको घोषणा गरेको हो ।
प्राधिकरणले सूचनामा भनेको छ ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट टेलिकम प्रालि कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं बिटिएसएल ०१) नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ ।
अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम ९१० बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न समेत अनुरोध गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij