Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा सोमबार उनीहरुलाई दर्ज्यानी चिह्न लगाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    दर्ज्यानी चिह्न लगाउनेमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आशीष दत्त रहेका छन्।

    AGNI GROUP

    पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन्। गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले उनीहरुलाई बढुवाको सिफारिस  गरेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij