Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको स्थायी कमिटी बैठक आज

एमालेको स्थायी कमिटी बैठक आज

  • काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बोलाइएको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार जारी केन्द्रीय कमिटी बैठकमा ५ प्रदेशका बाँकी प्रतिवेदन प्रस्तुत भएपछि ८ समूहमा छलफल हुनेछ। बिहीबारको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहोराले, अनुसन्धान आयोगको अध्यक्ष केशव बडालले, लेखा आयोगका पुष्प कँडेलले, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आफ्नो भनाईसहित प्रतिवेदन पेश गरेका थिए। 

    AGNI GROUP

    यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षात्मक प्रतिवेदन सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले प्रस्तुत गरेका थिए। १० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक शनिबारसम्म सञ्चालन हुनेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij