Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो।
पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।
उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टरलगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताएका हुन्। उनले शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए।
पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij