Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले छोराछोरी अभियान चलाउने भएको छ। बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए।
कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए। त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।
यस्तै मिसन ग्रासरूटकै भूगोलमा खटाउने गरी पाँचौं केन्द्रीय कमिटीको बैठक सकेको हो। एमालेले यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij