Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

एमालेले छोराछोरी अभियान चलाउने

एमालेले छोराछोरी अभियान चलाउने

  • काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले छोराछोरी अभियान चलाउने भएको छ। बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए।

    images
    images
    images

    कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए। त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

    images

    यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।

    यस्तै मिसन ग्रासरूटकै भूगोलमा खटाउने गरी पाँचौं केन्द्रीय कमिटीको बैठक सकेको हो। एमालेले यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij